न्यायपरिषदको बैठकले २०९२ पछिको प्रधानन्यायाधीश छान्ने, न्यायाधिश को-को ?

मंगलबार, जेठ २७, २०८२

सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीशको पदपूर्तिका लागि नाम सिफरिस गर्ने तयारी गरिएको छ। यसका लागि आज न्यायपरिषदको बैठक बस्दैछ। प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष प्रकाशमान सिंह राउतले आजै न्यायपरिषदको बैठक बोलाएका हुन्।

स्रोतका अनुसार सिफरिस गरिने चारै जना न्यायाधीशको नाम आजै टुंगो लगाउने तयारी गरिएको छ। आजै चारैजनाको नाम छिनोफनो गर्न धेरै समय लाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रधानन्यायाधीशले आज आफ्नो इजलास समेत राखेका छैनन्। न्यायपरिषद सदस्य तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको पनि आज कुनै इजलास छैन।

सर्वोच्चमा रिक्त चार स्थानमा २ स्थान उच्च अदालतका मुख्य न्यायाधीशलाई बढुवा गरेर पदपूर्ति गर्ने र अन्य २ स्थान कानुन व्यवसायीबाट पदपूर्ति गर्ने तयारी छ। उच्च अदालतबाट बढुवा गरिने न्यायाधीशको नाममा कुनै फरक मत नभएको स्रोत बताउँछ। यसबाहेक कानुन व्यवसायीको हकमा एकजना कांग्रेसको सिफारिसबाट र अर्का एमालेको सिफरिसबाट ल्याउने तयारी गरिएको छ।

अहिलेसम्मको समझदारीअनुसार उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतमा बढुवा गर्ने तयारी छ।

एमालेबाट सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा पठाइने कानुन व्यवसायीको हकमा पनि लगभग समझदारी भइसकेको छ। एमालेबाट एक जना मात्र चर्चामा रहेको र सम्भवतः एमालेले उनलाई नै अगाडि बढाउने बताइएको छ। तर कांग्रेसबाट सिफरिस गरिने कानुन व्यवसायीको हकमा भने २ जना प्रमुख दावेदार छन्।

कानुन व्यवसायीबाट गरिने २ सिफरिसमध्ये एमालेको भागमा परेको एक जनाको हकमा पनि लगभग सहमति रहेको बताइन्छ। एमाले निकट अधिवक्ता ईश्वरी भट्टराईलाई सर्वोच्च अदालतमा  ल्याउने तयारी भएकाे छ। भट्टराईको हकमा अन्य दावेदारहरु बलियो नभएकोले उनी नै सिफरिस हुनसक्ने सम्भावना उच्च रहेको बताइन्छ।

कांग्रेस निकटमा भने  २ जना बरिष्ठ अधिवक्ताहरु दावेदार छन्। बरिष्ठ अधिवक्त आशिष अधिकारी र अर्का बरिष्ठ अधिवक्ता अरुण पौडेल कांग्रेसको कोटाबाट सर्वोच्च जाने होडमा छन्।

एमाले निकट अधिवक्ता ईश्वरी भट्टराईलाई सर्वोच्च अदालतमा  ल्याउने तयारी भएकाे छ। कांग्रेस निकटमा भने  २ जना बरिष्ठ अधिवक्ताहरु दावेदार छन्। बरिष्ठ अधिवक्त आशिष अधिकारी र अर्का बरिष्ठ अधिवक्ता अरुण पौडेल कांग्रेसको कोटाबाट सर्वोच्च जाने होडमा छन्।

अधिकारी पार्टी सभापति शेरबहादुर देउवाले चाहेका पात्र हुन्। पौडेल उपसभापति खड्काको निकट मानिन्छन् । पौडेलको प्रधानन्यायाधीश राउतसँग पनि निकट सम्बन्ध रहेकोले उनको दावेदारी पनि बलियो मानिएको छ ।

यदि पौडेल सर्वोच्च अदालतमा गए भने उनी सबैभन्दा कान्छा न्यायाधीशको रुपमा सर्वोच्च प्रवेश गर्नेछन् । उनी अहिल्यै सर्वोच्च प्रवेश गरे भने २०९२ सम्म पनि सर्वोच्चमै रहनेछन्। र, २०९२ प्रधानन्यायाधीश बन्ने लाईनमा उभिनेछन्। अहिले सर्वोच्चमा बहाल रहेका न्यायाधीशहरुबाट २०९२ सम्म प्रधानन्यायाधीशको रोलक्रम प्याक छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्