सोसल मिडिया
युनिकोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपत्यका बाहेकका मालदार अड्डाका हाकिम चलाएको छ। प्रमुख मालपोत अधिकृत भनेर चिनिने आधा दर्जन बढी उपसचिवलाई यताउता पारेको हो।
केही महिना अघि मात्र कोशी प्रदेशको प्रमुख सचिवबाट मन्त्रालयको प्रशासनिक कमाण्ड सम्हालेका सचिव केदारनाथ शर्मा आधा आर्जन बढी उपसचिवको सरुवाका गरेर कोरिया उडेका छन्। दमक मालपोतका हाकिम दीपक निरौलालाई काभ्रे मालपोत जिम्मा लगाईएको छ भने काभ्रेका दीपक कोइराला बेलबारी पुगेका छन्। बेलबारीका मदन घिमिरेलाई मोरंग जिम्मा लगाईएको छ।
मालपोत कार्यालय धरानका शेरबहादुर भण्डारीलाई विराटनगर मालपोत पठाईएको छ। खैरहनी चितवन मालपोतका मनोजकुमार शैनीलाई भैरहवा र त्यहाँका खेमनारायण पौडेललाई बागलुङ धकेलिएको छ।
खिमानन्द आचार्यलाई बागलुङबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा तानिएको छ। राजेन्द्रप्रसाद पौडेललाई कास्की लेखनाथबाट चितवनको खैरेनी मालपोत जिम्मा लगाईएको छ। राजेशप्रसाद पोखरेललाई चन्द्रगढीबाट सर्लाहीको हरिवन ल्याईएको छ। त्यहाँका विष्णुप्रसाद निरौलालाई धरान मालपोत लगिएको छ।
झापाको चन्द्रगढ़ीका राजेश पोखरेल, सिराहाका सुधीर यादव लगायतको पनि सरुवा भएको छ। सचिवले निर्णय गरेर कोरिया उडे पनि यता सरुवा सूची भने बिरालोले आची लुकाए झैं लुकाईएको छ। मन्त्रालयका केही कर्मचारी र प्रधानमन्त्री कार्यालय उक्त सरुवाप्रति खुसी छैन। प्रधानमन्त्री कार्यालयको चासो पछि सरुवा लुकाईएको श्रोतको दाबी छ। सरुवा गरिएका मध्ये केहीले शक्तिकेन्द्रको कान फुके पछि भद्रगोल हुने अवस्था आएको श्रोतको भनाई छ।
मन्त्रालयले असारमा उपत्यकाका मालपोत कार्यालयका प्रमुखको हेरफेर गर्नु अघि गरिएको ट्र्यल सरुवाको सूची नै लुकाउनु पर्ने अवस्था आएपछि मन्त्रालय थप विवादित बन्ने निश्चित छ।