आजको मौसम कस्तो हुन्छ ? दिउँसो र राति कता-कता पर्छ पानी ?

शुक्रबार, जेठ २३, २०८२

आज (जेठ २३, शुक्रबार) देशका केही स्थानमा मात्र वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,   

आज दिउँसो: कोसी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

आज राति: कोसी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ। 

यहाँ मौसम महाशाखा दिउँसो- दिनको अर्थमा अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र राति- रातको समय अर्थात् साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि प्रयोग गरेको हो।  

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०६:२४
प्रतिक्रिया दिनुहोस्