बाढी पूर्वानुमान महाशाखाको सूचना, यी १५ जिल्ला प्रभावित हुन सक्ने 

बिहीबार, जेठ २२, २०८२

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज (जेठ २२, बिहीबार) पनि मुलुकका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा जानकारी दिएको छ। 

बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज खासगरी १५ जिल्लामा बाढीबाट सजग रहन आवश्यक छ। 

सूचनामा भनिएको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, धनकुटा, सर्लाही, बारा, पर्सा, चितवन, कपिलवस्तु र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (शनिबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्