यातायात क्षेत्रमा हडताल नगर्न व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश

बुधबार, जेठ २१, २०८२

सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यद्यपि यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्