आज पनि बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित, बिहिवार १ बजे बस्ने

बुधबार, जेठ २१, २०८२

आज पनि बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।  

यसअघि मंगलबार पनि बैठक बस्दै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसिएको थियो।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कनेक्सन रहेको दाबीसहित प्रतिपक्षी दलले उनको राजीनामा र यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदै आएका छन्।  

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्