सोसल मिडिया
युनिकोड
चर्चित निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन् । उनलाई ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभसम्बन्धी कसुरमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पवनलाई पक्राउ गरि धनुषा पठाइएको जानकारी दिए । रमण कन्स्ट्रक्सन प्रालिमा सञ्चालकमध्येका एक हुन् ।
पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ । दुबै जना भने फरार छन् । उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो ।
दिगहवा लोखरम रोड निर्माणको लागि ठेक्का लिएका रमण कन्ट्रक्सनले बैंक ग्यारेन्टी राखिएको रकम आफूलाई फाइदा हुने मनसायले तानेपछि उनीविरुद्ध उजुरी परेको थियो ।