राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित

मंगलबार, जेठ २०, २०८२

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले जानकारी दिए ।

यातायात व्यवसायीसँगको समझदारीसँगै संघीय सरकारले पत्र पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै नियमावली स्थगित गरिएको उनको भनाइ छ । व्यवसायीलाई वार्ता आउनका लागि एक महिनाको समय राखिएको सूचना अधिकारी ढकालले बताए ।

‘राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय भएको छ । अबको एक महिना आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधानको प्रयास गरिने छ,’ उनले भने ।

गण्डकी सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री टकराज गुरुङले वार्तामार्फत एक महिनाभित्र समस्या समाधान गर्न नियमावली स्थगित गरिएको बताए ।

यसैबीच गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गरिएको जानकारी दिएको छ ।gandaki-sarkar-1748965585.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्