‘प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर लोकप्रिय बनेका गौतमको निधन

मंगलबार, जेठ २०, २०८२

हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । 

गएराति १२ः१० बजेको उपचारकै क्रममा उनको निधन भएको हो । 

‘प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर दर्शकमाझ लोकप्रिय बनेका थिए । गौतम गाईजात्रालगायत थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

उनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । सँगै काम गरेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्