हिमानीको दीप प्रज्ज्वलनमा वाइसिएलको नाराबाजी

सोमबार, जेठ १९, २०८२

दिवंगत राजपरिवारको दीप प्रज्ज्वलन कार्यक्रममा माओवादी निकट वाइसिएलले नाराबाजी गरेपछि केही बेर तनाव उत्पन्न भएको छ । 

नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसिएलको भेला चलिरहेको छ । यता राजावादीको दीप प्रज्वलन हुादा वाइसिएलका कार्यकर्ताहरुले होटल बाहिर निस्केर राजावादीविरुद्ध नाराबाजी गरे । 

पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र दीप प्रज्ववलनका लागि आउँदा प्रहरीले कुनै पनि सुरक्षा दिएन । भीड छिचोलेर उनीहरुलाई मन्दिरमा प्रवेश गराउन स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।

झडपको स्थिति बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ । अहिले उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिमानी र हृदयन्द्र भने मन्दिरभित्र पूजा अर्चना गरिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्