सोसल मिडिया
युनिकोड
राजसंस्था पुनर्स्थापनाको आन्दोनलमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ । थापालाई भने भर्खरै रिहाई गरिएको छ।
राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् । थापाको पार्टी मुख्यालय सिफलमै छ। चार शहिद मध्ये एक धर्मभक्त माथेमालाई फाँसी दिईएकै क्षेत्र सिफलमा राँके जुलुस निकालिएको हो।
जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो ।