गायक तथा संगीतकार गणेश रसिकको उड्यो प्राणपखेरू

आइतबार, जेठ १८, २०८२

चर्चित गायक तथा संगीतकार गणेश रसिकको प्राणपखेरू उडेको छ। आज आइतबार उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ । 

७७ वर्षिय उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । पारिवारिक श्रोतका अनुसार रसिकको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ। उनकी छाेरी देश बाहिर रहेकाले उनी आएपछि मात्र अन्तिम संस्कार गरिने भएको हो। 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्