Dashain Banner
Dashain Banner

गायक तथा संगीतकार गणेश रसिकको उड्यो प्राणपखेरू

आइतबार, जेठ १८, २०८२

चर्चित गायक तथा संगीतकार गणेश रसिकको प्राणपखेरू उडेको छ। आज आइतबार उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ । 

७७ वर्षिय उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । पारिवारिक श्रोतका अनुसार रसिकको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ। उनकी छाेरी देश बाहिर रहेकाले उनी आएपछि मात्र अन्तिम संस्कार गरिने भएको हो। 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्