सोसल मिडिया
युनिकोड
प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन भएको छ । चौतारी एमाले निकट पत्रकारहरूको संगठन हो।
संस्थापक अध्यक्ष चालिसेको शुक्रबार बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो । चालिसे गोरखापत्र दैनिकका पूर्वसम्पादक पनि हुन् ।
पत्रकारिता क्षेत्रमा करिब ३ दशक बिताएका उनले २०३७ जेठ १ गतेबाट सरकारी पत्रिका गोरखापत्रमा प्रवेश गरेका थिए ।
चालिसेको गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिने प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।