Dashain Banner
Dashain Banner

गभर्नर नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी

बुधबार, जेठ १४, २०८२

नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्वनाथ पौडेललाई गरेको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । साथै, दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गभर्नर नियुक्ति प्रकरणमा कारण देखाऊ आदेश जारी गरेको हो । पौडेलको नियुक्ति बदर माग गर्दै अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलले सर्वोच्चमा मङ्गलबार रिट दायर गरेका थिए ।

दायर रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नर नियुक्ति गरिएको दाबी छ ।

प्रमुख सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक भागबण्डाका आधारमा पौडेललाई जेठ ६ गते केन्द्रीय बैङ्कमा गभर्नर नियुक्त गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्