बजेट बुझाउन अर्थमन्त्री पौडेल राष्ट्रपति भेट्न शितलनिवास पुगे

मंगलबार, जेठ १३, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान अर्थमन्त्री पौडेलले राष्ट्रपति भवन शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्। 

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्