सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ ।
महोत्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद कुशवाहाको घरमा सोमबार छापा मार्ने क्रममा उनका निजी सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
सरकारबाट आएको योजना बेचेको आशंकामा कुशवाहाको घरमा अख्तियारले छापा मारेको हो ।
सो क्रममा योजनासँग सम्बन्धित केही कागजात पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
सांसद कुशवाहा भने अहिले सम्पर्कविहीन भएको बुझिएको छ ।
कुशवाहा एउटै निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन् ।