शिक्षा मन्त्रीपछि शिक्षा सचिव काफ्ले हटाईए, नयाँ शिक्षा सचिव को ?

सोमबार, जेठ १२, २०८२

प्रधानमन्त्री केपी ओलीले बोलाएको क्याबिनेट बैठक बस्ने तरखर हुँदैछ। बालुवाटारको बैठकले केही सचिवको सरुवा गर्दैछ।

ओली सरकारमा शिक्षा मन्त्री रघुजी पन्त भित्रिएपछी सचिव  पनि फेरिने भएका छन् । दीपक काफ्लेलाई शिक्षा सचिवबाट हटाएर प्रधानमन्त्री कार्यालयका सचिव चूडामणि पौडेलको सरुवा हुने भएको हो।

आधा दर्जन सचिव सरुवा र दुई सहसचिवको सचिवमा बढुवा गरिने श्रोत भनाई छ। त्यस्तै पर्यटन सचिवमा हरिप्रसाद मैनालीको सरुवा हुनेछ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्