सोसल मिडिया
युनिकोड
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। पार्टीका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक शुरु भएको हो ।
बैठक गृहमन्त्री रमेश लेखकबारे केन्द्रित हुने बताइएको छ। बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ।
यस्तै पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोप गृहमन्त्री लेखकलाई लागेको छ। उनले राजीनामा दिनुपर्ने र नदिए पनि हुने दुई कित्तामा पार्टीका नेताहरू उभिएका छन्। यसै सेरोफेरोमा यो बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ।