Dashain Banner
Dashain Banner

अमेरिकाले थप नौ जना नेपालीलाई धपायो, को-को आईपुगे नेपाल ?

आइतबार, जेठ ११, २०८२

अमेरिकाले थप ९ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो।

नेपाल फर्काइनेमा, विश्वकर्मा, वली, केसी, भण्डारी र केसी थरीका एक-एक जना रहेका छन्। त्यस्तै केसी, देवकोटा, बोहोरा र शेर्पा थरीका एक-एक जनालाई पनि नेपाल फर्काइएको हो। ५ जनालाई गत बिहीबार र ४ जनालाई गत मंगलबार काठमाडौं ल्याइपुर्‍याएको स्रोतले जानकारी दिएको छ।

उनीहरूलाई एयर इन्डियाको जहाजबाट नेपाल ल्याइएको हो। अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका उनीहरूलाई निष्कासन गरी काठमाडौं फर्काइएको स्रोतल जानकारी दिएको हो। 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्