सोसल मिडिया
युनिकोड
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई तोडको जवाफ फर्काएका छन्। उग्र पाराले प्रश्नको झटारो हान्ने धमलालाई गभर्नर पौडेलले शालीन पाराले उल्टै शिथिल पारिदिएका छन्। अरूमाथि हाबी हुने धमला गभर्नर पौडेल संग संतार्वार्ता लिंदा भने आफैं प्रतिरक्षामा पुगेका छन्।
नेपाली कांग्रेसको सदस्यता दुई वर्ष पहिला नै त्यागिसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू प्राध्यापक भएसँगै पार्टी सदस्यता त्यागेको दाबी गरेका हुन् ।
‘दुई वर्ष अगाडि म प्राध्यापक भएर गएपछि नै म कांग्रेसको कुनै पनि समितिमा बसेको छैन म । सदस्यता छैन मेरो, दुई वर्ष अघिबाटै मैले छाडेको हो । चुनाव लड्नलाई सदस्यता चाहिँदैन । अघिल्लो दिन एउटा पार्टीको मान्छे अर्को पार्टीमा गएर चुनाव लड्छ,’– उनले भने ।
पौडेलले आफूलाई एमाले-कांग्रेसले किस्तीमा राखेर गभर्नर दिएको भन्ने धमलाको प्रश्न सोझै खारेज समेत गरिदिएका छन्।