Dashain Banner
Dashain Banner

सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीले किन कसे पलेंटी ? विधेयकमा देखाए खोट

बिहीबार, जेठ ८, २०८२

संसदको राज्यव्यबस्था तथा सुशासन समितिले पास गरेको प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन्।

वृत्ति विकास, सेवा-सुविधा र अन्य प्रावधानमा कर्मचारीहरूले असन्तुष्टि व्यक्त गर्दै बुधवारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि पलेटी कसेर धर्ना थालेका छन्। 

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको स्पष्ट मार्गचित्र नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा–सुविधामा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोध जनाएका छन्। तह-तहका कर्मचारीले निजामती सेवा विधेयकको खुलेर विरोध गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्