सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदैछिन् । उनी यहि जेठ १० गते शनिबार मित्र राष्ट्र चीनको १० दिने भ्रमणमा जान लागेकी हुन् ।
भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लागेकी हुन् । दशदिने भ्रमणमा भण्डारीसँगै नेपाल सरकारका मन्त्री र एमाले नेताहरु पनि जाने छन् ।
जसमा एमाले सचिव रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित दश सदस्य सहभागी हुनेछन् । यसबाहेक एमाले नेता कर्णबहादुर थापा, एमाले नेतृ गोमा देवकोटा, डा. कैलाश भण्डारी, डा. भेषराज अधिकारी र डा. महेन्द्र विष्ट हुनेछन् ।
भण्डारी, अधिकारी र विष्ट मदन भण्डारी फाउन्डेशनका सदस्यसमेत हुन् । भ्रमण दलमा बेइजिङमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली पनि सहभागी हुनेछन् ।
भण्डारी सुरुमा बेइजिङ, त्यसपछि गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर स्वदेश फर्किने गरी दश दिनको भ्रमण–तालिका तय भएको छ । एमाले सचिव एवं भ्रमण दलका सदस्य महासेठले पूर्वराष्ट्रपतिको भ्रमण १० देखि १९ जेठसम्मका लागि तय भएको बताए ।