प्रधानमन्त्री ओलीले किन धकेले देउवा सँगको भेट ? किन स्थगित भयो क्याबिनेट ?

सोमबार, जेठ ५, २०८२

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज साँझ भेटवार्ता हुने निश्चित भएको थियो। प्रधानमन्त्री ओलीले आजै क्याबिनेट बैठक पनि डाकेका थिए। तर, अन्तिममा न् ओली देउवाको भेट भयो न त् क्याबिनेट नै बस्यो। दुवै काम हुन नसक्नुका पछ्दी स्वयम् प्रधानमन्त्री ओली नै कारक भएको बुझिएको छ। 

गभर्नर नियुक्ति प्रक्रियामा अलमल भइरहनु गठबन्धनबीच देखिएको अविश्वासको वातावरण भएको निष्कर्ष कतिपय नेताले निकालेको भए पनि देउवाको सचिवालय स्रोतले भने ‘प्रधानमन्त्रीले आज सन्चो छैन, नभेटौं’ भनेपछि भेट रोकिएको जानकारी गराएको छ ।

“प्रधानमन्त्रीज्यूले आज मलाई सन्चो छैन नभेटौं भनेपछि रोकिएको हो,” देउवा निकट स्रोतले जानकारी गराउँदै भन्यो, “गठबन्धनमै समस्या भएको भन्ने होइन ।” 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्