Dashain Banner
Dashain Banner

रेशम चौधरीलाई पक्राउ गर्नू भनी अवैध पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत छुटे

सोमबार, जेठ ५, २०८२

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी अवैध पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् । उनलाई जिल्ला अदालतले सोमबारै १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार सो आदेश दिएको हो ।

१७ वैशाखमा विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न पत्र काटेका थिए । उनले अनधिकृत रूपमा पत्र काटेको पाइएको थियो । सर्वोच्चको अर्को पत्रपछि चौधरी पक्राउ परेर सोही दिन छुटेका थिए ।

विष्टले अनधिकृत रूपमा पत्र लेखेको पुष्टि भएपछि उनी पक्राउ गरेका थिए ।

उनीमाथि प्रहरीले किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्