दिउँसो प्रधानमन्त्री ओलीले हानेको झटारो साँझ बालेनले तिखारेरै फर्काए 

सोमबार, जेठ ५, २०८२

काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्ट प्रणालीलाई समर्थन गर्न नसक्ने जवाफ फर्काएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अनुपस्थित नहुनेलाई अबदेखि नबोलाउन भनेका थिए । त्यसप्रति लक्षित गर्दै बालेनले स्टाटस लेखेका हुन् ।

आफूले भ्रष्टाचार रोक्न खोज्दा सबै पार्टी भ्रष्टाचारी जोगाउन लागेकाले त्यस कार्यक्रममा उपस्थित हुनुको अर्थ नहुने जवाफ बालेनले दिएका हुन् । ‘माफ गर्नुहोला प्रधानमन्त्री ज्यू । म  तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ,’ बालेनको जवाफ छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्