देउवा र ओली मध्ये कसले गर्दैछ झेल ? गभर्नर नियुक्तिको कहाँ पुग्यो खेल ?

सोमबार, जेठ ५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ हुने भनिएको भेट स्थगित भएको छ। ओली-देउवाबीच साँझ ७ बजे भेट्ने समय तय भए पनि स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच सोमबार साँझ भेटवार्ता सम्भव भएन । 

दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो। दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफलको तयारी थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन ।

प्रधानमन्त्री ओलीलाई भेट्न देउवा नगएपछि मन्त्रिपरिषद् बैठक पनि अनिश्चित भएको छ। मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ। साँझ छ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। 

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए।

गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति प्रभावित हुँदै आएको छ। विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा राजी भएको खबर बाहिरिए पनि त्यसले प्रष्ट आकार भने लिन सकेकै छैन। 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्