सोसल मिडिया
युनिकोड
प्रहरीले हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२४, जुद्दसालिकबाट प्रहरीले २० लाख २९ हजार ६२० रुपैयाँ बराबरको हुन्डी रकमसहित सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भई काठमाडौं, पेप्सीकोला बस्ने २४ वर्षीय संजय बस्नेतलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बस्नेतलाई खानतलासी गर्दा उक्त रकम र अन्य सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
१,००० दरका १,७७९ थान, ५०० दरका ५०१ थान, १०० दरको १ थान र २० दरको १ थान नोट बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै आईफोन र विभिन्न बैंकका हस्ताक्षर गरिएका तथा खाली चेक ३० थान बरामद गरिएको छ ।