पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियारले लगायो सनासो

बिहीबार, जेठ १, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसमेत जोडिएको टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेको छ।

विशेष अदालतमा मुद्दा दर्ताका लागी अख्तियारको टोली बबरमहल पुगिसकेको छ । बस्नेत भने प्रतिनिधिसभा बैठकमा छन् ।

कांग्रेस सांसद बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

त्यस्तै, दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्