यौन सम्पर्क गरेपछि विमलाको हत्या गर्ने पन्त समातिए 

बुधबार, वैशाख ३१, २०८२

काठमाडौँ महानगरपालिका २८ बागबजारस्थित गेस्टहाउसमा महिलाको हत्या गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको एक महिनापछि आरोपितलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। 

२०८१ चैत २९ गते साँझ काठमाडौँ महानगरपालिका २८ स्थित एक गेस्टहाउसको कोठामा नुवाकोटको सूर्यगढी नगरपालिका १ घर भइ हाल काठमाडौँको तार्केश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने २८ वर्षकी बिमला तामाङ मृत फेला परेकी थिइन्। 

तर गेस्टहाउसमा सँगै गएका धादिङको गल्छी गाउँपालिका घर भइ काभ्रेस्थली बस्ने बस्ने ४० वर्षका रामचन्द्र पन्त फरार थिए। भारतमा लुकीछिपी बस्दै आएका उनलाई नेपाल फर्कँदै गरेको सूचना पश्चात् मंगलबार दिउँसो नागढुङ्गाबाट पक्राउ गरिएको एसपी बोहराले बताए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यौन सम्पर्कपछि पन्तले बिमलाको हत्या गरेको खुल्न आएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्