Dashain Banner
Dashain Banner

भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीको सेवासुविधामा बढाउँन माननीयको माग

मंगलबार, वैशाख ३०, २०८२

सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद खालिदले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीको सेवासुविधामा वृद्धि गर्नुपर्ने बताए।

‘बजेट र सीमित स्रोतसाधनलाई न्यायोचित ढंगबाट वितरण र प्राथमिकतामा राख्न सकिएको छैन। आगामी बजेटमा सुधार हुने आशा छ र हुलाकी सडकका बारेमा पनि कुरा आउन सकेन,’ उनले भने, ‘मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे सम्बोधन हुनु राम्रो छ। तर नागरिक मैत्री सेवा र सुशासनको खाँचो रहेको छ।’

तराई मधेशमा सिँचाइ सुविधा नपुर्‍याई मल उपलब्ध नगरी कृषिमा आत्मनिर्भर बन्न नसकिने उनको भनाइ छ। गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने र आगामी बजेटमा यी समावेश गर्नुपर्नेमा सांसद खालिदको जोड रहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्