Dashain Banner
Dashain Banner

गृहमन्त्रीको साथी हुँ भन्दै फुर्ती गर्ने एक जना समातिए

मंगलबार, वैशाख ३०, २०८२

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

आफू गृहमन्त्रीको साथी भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौज, डरत्रास तथा धाक धम्की दिई दैनिक कामकाजमा समेत वाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो।

उनलाई राष्ट्रसेवक कर्मचारीलाई कामकाजमा वाधा विरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्