Dashain Banner
Dashain Banner

एकाएक किन रोकियो अत्यावश्यक लाइसेन्स छपाइ ?

आइतबार, वैशाख २८, २०८२

यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ रोकेको छ। विभागले प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जानकारी दिएको हो।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सैनिक, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने करिब ३० लाख सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्न सक्ने निष्कर्ष निकालेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच आज काठमाडौँमा भएको छलफलले छपाइसम्बन्धी कार्य सुरक्षण मुद्रण केन्द्रमार्फत गर्ने निष्कर्ष निकालेको हो।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले छलफलमा उठेका विषयलाई सञ्चालक समितिको बैठकमा प्रस्ताव पेश गरेर सम्झौतामा हस्ताक्षर गर्नेदेखि छाप्ने मिति तय गरिने बताए। 
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्