प्रधानमन्त्री ओलीको पार्टी सचिवालय बैठकले के-के गर्दैछ आज ?

आइतबार, वैशाख २१, २०८२

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ।

यसअघि कारबाहीमा परेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको बारेमा निर्णय लिने सम्भावना छ। पार्टी अनुशासनविपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरू कारबाहीमा परेका थिए।

यसका अलावा बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने स्रोतको दाबी छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्