Dashain Banner
Dashain Banner

कांग्रेसका मन्त्रीलाई हप्तामा दुई दिन सानेपा पुग्न देउवाको उर्दी

बिहीबार, माघ ३, २०८१

नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई हप्ताको दुई दिन पार्टी कार्यालयमा पुग्न निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा मन्त्रीहरू र संसदीय कार्यसमितिको बैठकमा देउवाले यस्तो निर्देशन दिएको प्रमुख सचेतक श्याकमुमार घिमिरेले जानकारी दिए।

नेता कार्यकर्ताले मन्त्रीहरूले गुनासो नसुनेको गुनासो गर्न थालेपछि गुनासो सुन्ने गरी हप्ताको दुई दिन पार्टी केन्द्रीय कार्यालय पुग्न निर्देशन दिएको हो। ‘मन्त्रीहरू अब साताको दुई दिन सानेपा पुग्नुहुनेछ। पार्टीका नेता कार्यकर्तासँग उतै भेटघाट हुने गुनासो सम्बोधन गर्ने काम हुनेछ’ घिमिरेले भने।

स्थानीय तहबाट आउने गुनासोलाई सम्बोधन गर्न छुट्टै छलफल पनि गरिने उनको भनाइ छ। आजको बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा संसदीय अनुशासन समिति बनाउने निर्णय पनि गरेको घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्