Dashain Banner
Dashain Banner

पूर्वप्रधानन्यायाधीश कल्याणले पाए ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

आइतबार, कात्तिक १, २०८३

नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई एसेस अवार्डले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। 

आफ्नो कार्यकालमा गरेको न्यायसम्पादन, न्यायिक स्वतन्त्रता र मानवअधिकारको वकालतका लागि यो अवार्ड प्रदान गरिएको एसिया कर्पोरेट एक्सिलेन्सी एन्ड सस्टेनेबिलिटी अवार्ड (एसेस अवार्ड)ले जनाएको छ। 

उनी नेपालको सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीश हुन्। उनले संक्रमणकालीन न्यायका लागि कानुनी फ्रेमवर्क स्थापना गरेको र अन्तर्राष्ट्रिय मानवअधिकारको पक्षमा वकालत गरेको एसेस अवार्डले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १२:५४
प्रतिक्रिया दिनुहोस्