सोसल मिडिया
सम्पर्क
युनिकोड
दुईतिहाई मत नजिकको वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारका मन्त्री स्कुटी सवारीमा रत्तिन थालेका छन् । केही दिनअघि कृषि मन्त्री गीता चौधरी आफै स्कुटी चलाएर मासुको अनुगमनमा बजार डुलेकी थिइन् ।
कृषि मन्त्रीको स्कुटी सवारीको चर्चाले लोभिएका गृहमन्त्री सुधन गुरुङले बिराटनगर पुगेर जसो जसो कृषि मन्त्री उसै उसै स्वाहा गरेका छन् । अर्थात्, उनले पनि स्कुटी चलाएर सीमा नाकाको अनुगमन गरेका हुन् ।
आठ जिल्लाका सिडिओ र अध्यागमन विभागको महानिर्देशक फेरेर विराटनगर पुगेका मन्त्री गुरुङले सीमा क्षेत्रको तस्करी न्यूनीकरण गर्न स्कुटी गस्ती गरेको बताईएको छ ।
गृहमन्त्री छँदै बिहे गर्ने रहरले कुत्कुत्याएपछि त्यसैका लागि उनी पूर्व पुगेका हुन् । आठ वर्ष अघि अदालती बिहे गरेका गुरुङ अहिले पञ्चेबाजा बजाएरै बिहे गर्ने सुरमा पुगेका हुन् । उनको ससुराली कोशी प्रदेशमै रहेको छ ।