बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

शुक्रबार, मंसिर ११, २०८३

नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३ हजार ७५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्