प्रधानमन्त्री मातहतको अड्डाले यी सात निर्माण कम्पनीलाई कालो सूचीमा कोच्यो

शुक्रबार, मंसिर ११, २०८३

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ७ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

१ वर्षदेखि अढाई वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।kalo-suchi-1795745695.png

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्