समस्याग्रस्त २८ वटा सहकारीको जग्गा लिलाम बिक्रीका लागि ३५ दिने सूचना

शुक्रबार, मंसिर ११, २०८३

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २८ वटा सहकारी संस्थाहरूको जग्गा लिलाम बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ। 

समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै २८ वटा समस्याग्रस्त सहकारीको जग्गा लिलाम बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो। 

जग्गा लिलाम हुन लागेका २० वटा सहकारी संस्था सिन्धुलीका छन्। त्यसबाहेक गाेरखाका ३, सिन्धुपाल्चोक र चितवनका  २२ र ललितपुरको एक सहकारीको जग्गा लिलामको प्रक्रिया अघि बढेको हो। 

सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाको चलअचल सम्पत्ति बिक्री वितरण गरेर शेयरधनी तथा बचतकताहरूको रकम फिर्ता गर्दै आएको छ। 

समस्याग्रस्त सहकारीहरूका ऋणि सदस्य, जमानीकर्ता, सञ्चालकहरूबाट बुझाउनुपर्ने साँवा, ब्याज, हर्जानासहितको ऋण दायित्व तिर्नको लागि सूचना प्रकाशित गर्दा पनि आफ्नो दायित्व फरफारक नगरेका संस्थाको नाममा दर्ता कायम रहेका जग्गा लिलाम बिक्री गर्न लागिएको समितिले जनाएको छ। jagga-lilami-1795745358.png

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्