दानबहादुरले दायर गरेको रिटले किन पाएन ठाउँ ? अर्को सुनुवाइ कहिले ?

सोमबार, मंसिर ७, २०८३

आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सोमबारको सुनुवाइ नै स्थगित भएको छ । हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिटको सुनुवाइ नै स्थगित भएको हो ।

प्रहरी महानिरीक्षकलाई म्याद बुझाउन बाँकी रहेकोले आजको सुनुवाइ स्थगित भएको हो । दानबहादुरको रिटमाथि अर्को पेशी मंसिर ९ लाई तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्