सोसल मिडिया
सम्पर्क
युनिकोड
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा देशभरका विभिन्न कार्यालयमा कार्यरत ११ कर्मचारीलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको छ।
मंगलबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग परिसरमा आयोजित विशेष समारोहमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो। विभागले कार्यसम्पादन, जिम्मेवारी निर्वाह र संस्थागत योगदानका आधारमा विभिन्न पदमा कार्यरत कर्मचारीलाई उत्कृष्ट छनोट गरेको बताएको छ।
सम्मानित कर्मचारीलाई मुख्यसचिव गोविन्द कार्कीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन्। सम्मानित हुने उत्कृष्ट कर्मचारीमा आन्तरिक राजस्व विभागका सिनियर डिभिजनल ईश्वरप्रसाद कोइराला, निर्देशक रामबहादुर केसी र शाखा अधिकृत राजेश पण्डित छन्।
त्यस्तै, ठूला करदाता कार्यालयकी कर अधिकृत मञ्जु पोख्रेल, आन्तरिक राजस्व कार्यालय जोरपाटीका कर अधिकृत छबिलाल भट्टराई र आन्तरिक राजस्व कार्यालय दाङका कर अधिकृत लुटबहादुर बुढाथोकी सम्मानित भएका छन्।
यसैगरी, आन्तरिक राजस्व कार्यालय दमकका नायब सुब्बा प्रदीप बराल र आन्तरिक राजस्व कार्यालय बानेश्वरकी नायब सुब्बा निर्मला तिमल्सिना, आन्तरिक राजस्व विभागका कम्प्युटर अपरेटर राजेन्द्रबहादुर बम, आन्तरिक राजस्व कार्यालय महाराजगञ्ज र लहानका कार्यालय सहयोगीहरू रामबहादुर कार्की र धर्मनाथ साह उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका हुन्।
राष्ट्रिय कर दिवसका अवसरमा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमले कर प्रशासनमा कार्यरत कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता र योगदानलाई प्रोत्साहित गर्ने विभागको उद्देश्य रहेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।