सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ।
कार्कीले २० कात्तिकमा दायर गरेको रिटमाथि यसअघि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकिएको थियो। तर छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन। कार्कीलाई कार्तिक १८ गते बुधवारै आईजीपीबाट हटाईएको थियो ।
अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि सुनुवाइको मिति तोकेको हो। एकल इजलासमा हुने प्रारम्भिक सुनुवाइले कार्कीको रिटमाथिको आगामी न्यायिक प्रक्रियाको दिशा तय गर्नेछ।