सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताअन्तर्गत मंगलबार भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेकाे छ ।
सुदूरपश्चिमले दिएकाे १२१ रनको विजयी लक्ष्य पछ्याएकाे जनकपुर १९.५ ओभरमा अलआउट हुँदै ९३ रनम समेटियो । सुदूरपश्चिम याे चाैथाे जित हाे ।
याे जितसँगै सुदूरपश्चिम ८ अंक जोड्दै तालिकाकाे दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको काठमाडाैं गोर्खाजकाे समान ८ अंक भए पनि सुदूरपश्चिम रनरेटमा पछि छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर भने हारपछि प्रतियाेगिताबाट बाहिरिने खतरामा पुगेको छ । जनकपुर ६ खेलमा ४ अंकसहित पाँचाैं स्थानमा छ ।
जनकपुरका लागि तृतराज दासले २१, जिमी निसमले २० र आदित्य महताले १० रन जोडे । राहुल यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ तथा हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियाे ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा समान २ चौका र २ छक्का प्रहार गरे । थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन बनाए । यस्तै, आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।
जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १–१ विकेट लिए ।