सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार हुने भएको छ ।
असोजको तेस्रो साता काठमाडौंमा भएको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा हुने निश्चित गरिएको छ’, सदस्य सचिव कटुवालको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टीको सभापतिमा निर्वाचित गगनकुमार थापाको शपथ भने यसअघि नै भइसकेको छ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यको शपथ बाँकी रहेको छ ।