अर्थमन्त्री स्वर्णिमको नेपालबारे बोलेको स्वरले कमल थापाको किन ततायो पारो ?

आइतबार, कात्तिक ८, २०८३

भारतको एक निजी टेलिभिजन च्यानलको कार्यक्रममा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालबारे दिएको अभिव्यक्तिप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले विरोध जनाएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले ‘भारतविरोधी नेपाली राष्ट्रवाद’ सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘नेपाल–भारत सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो ।’

नेपालको सार्वभौमसत्ता जोगाउन र नेपालीको हित संरक्षण गर्न नेपाली राष्ट्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले थपेका छन्, ‘नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन । विदेशी भूमिमा पुगेर भारतविरोधी राष्ट्रवादको युग सकियो भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  ०७:१९
प्रतिक्रिया दिनुहोस्