प्राविधिक तर्फ नवीन र प्रशासन तर्फ चक्रको सचिवमा बढुवा

बुधबार, असोज २१, २०८३

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डमा कार्यरत सहसचिव नवीनराज सिंहलाई सचिवमा बढुवा गरेको छ ।

अघिल्लो बढुवामा एक नम्बरमै भएर पनि छुटेका सिंहलाई सरकारले बल्ल आज सचिवमा बढुवा गरेको हो।

उनको कहाँ पदस्थापन भयो सो भने प्रष्ट भएको छैन । आजैको बैठकबाट प्रशासन तर्फ चक्रबहादुर बुढाको पनि बढुवा भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १८:३९
प्रतिक्रिया दिनुहोस्