एमाले स्थायी कमिटि बैठकमा ११ वर्षपछि विद्या झुल्किने, बिहिबार बैठक

बुधबार, असोज २१, २०८३

एमालेको स्थायी कमिटि बैठक भोलि (बिहीबार) बस्ने भएको छ। गत मंसिर २७ देखि पुस ३ सम्म ११ औँ महाधिवेशन गरेको एमालेको पहिलो स्थायी किमीटी बैठक असोज २२ गते बस्ने भएकाे हाे। 

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमालेको असोज ५-८ मा बसेको केन्द्रिय कमिटी बैठकले स्थायी कमिटी सदस्यमा १९ जना पदाधिकारी बाहेक ७ जना नेताहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो।

११ वर्षपछि यो बैठकमा एमाले बरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी हुनेछिन्। मंगलबार मात्र एमालेले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै भण्डारीको भूमिका प्रष्ट्याएको छ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्