नेपाली कांग्रेसले उम्मेदवारी दर्ताको समय दुई घण्टा थप्यो 

मंगलबार, असोज २०, २०८३

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय थप गरिएको छ। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय थप गरेको हो। मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय थप गरिएको सदस्य सचिव राजु कटुवालले जानकारी दिए। 

यसअघि मंगलबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। अहिले उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १४:४५
प्रतिक्रिया दिनुहोस्