Dashain Banner
Dashain Banner

आयल निगम बुझेका साहलाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको दियो जिम्मेवारी

बिहीबार, साउन २१, २०८३

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । साह आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । 

उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तिका लागि उत्कृष्ट तीनमा परेका थिए ।

साहसँगै प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव प्रतिस्पर्धामा थिए । यीमध्ये अनुभव र योग्यताका आधारमा साह नै बलिया उम्मेदवार भएका कारण मन्त्रिपरिषद्ले उनलाई नै नियुक्त गरेको हो । उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १२:१२
प्रतिक्रिया दिनुहोस्