Dashain Banner
Dashain Banner

लगानी बोर्डले पहिलो पटक पायो महिला सिईओ, याङकी उक्याव नियुक्त

बुधबार, साउन २०, २०८३

नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा याङकी उक्यावलाई नियुक्त गरिएको छ। आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्यावलाई लगानी बोर्डको सिईओ बनाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

लगानी बोर्डको सिईओमा नियुक्त गरिएकी उक्याव युएनडीपी (युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम) मा कार्यरत रहेकी छिन्। उक्याव काठमाडौं शान्तिनगरकी हुन्। उक्यावको नियुक्ति संगै लगानी बोर्डले पहिलो महिला सिईओ पाएको छ। उक्याबको पुर्ख्यौली घर ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला हो।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १४:०८
प्रतिक्रिया दिनुहोस्